top of page
चिंता नहीं! बेकार

चिंता नहीं! बेकार और रद्दी नहीं हुए आपके 500-1000 के नोट, जानें कैसे

By: मीनाक्षी प्रकाश/एबीपी न्यूज वेब डेस्क | Last Updated: Wednesday, 9 November 2016 1:15 PM

    

 

नई दिल्लीः पीएम मोदी ने 8 नवंबर 2016 की राज 12 बजे से 500-1000 रुपये के मौजूदा करेंसी नोट को बंद करने का ऐलान किया और इस सुनते ही लोगों के मन में पहला सवाल आया कि अब उनके पास रखे 500-1000 रुपये के नोटों का क्या होगा? क्या वो नोट रद्दी हो गए? क्या मेहनत की कमाई के और मुश्किल से बचाए गए पैसे बेकार हो और उनकी वैल्यू जीरो हो गई? तो इन सब सवालों का जवाब है कि नहीं! अगर आप बैंक में जमा करा देंगे तो आपके 500-1000 रुपये के नोट रद्दी नहीं होंगे और उनकी जितनी वैल्यू है वो बनी रहेगी.

जिन लोगों के पास ब्लैकमनी नहीं है लेकिन उनके पास 500-1000 रुपये के काफी ज्यादा नोट हैं वो भी ना घबराएं. आपका पैसा काला धन नहीं है तो बिलकुल चिंता की बात नहीं है. जैसा कि आप जानते हैं कि बैंक में जाकर 30 दिसंबर तक तो आप ये नोट जमा करा ही सकते हैं जिससे आपके पास 50 दिन का टाइम है. वहीं और भी कई तरीके हैं जिससे आप अपने पास मौजूद 500-1000 रुपये के नोटों की पूरी कीमत वसूल सकते हैं.

1. आप बैंक खाते में जाकर ये रकम जमा कराएं और जितना जमा कराएंगे उतनी वैल्यू आपके खाते में जमा हो जाएगी. यानी आपके पैसे आपके खाते में जमा होंगे और उसकी वैल्यू बनी रहेगी.

2. आप मेट्रो स्टेशन पर जाकर 500-1000 रुपये के नोटों को देकर अपना मेट्रो कार्ड भी रीचार्ज करा सकते हैं. तो दिल्ली में मेट्रो से ट्रैवल करने वालों को अपने 500-1000के नोटों को लेकर परेशान होने की जरूरत नहीं है.

3. अगर आपके पास कार है तो पेट्रोल पंप पर जाकर 500-1000 रुपये के नोटों को देकर उतनी कीमत का पेट्रोल भरवा लें क्योंकि 11 नवंबर तक पेट्रोल-पंपों पर पुराने 500-1000 रुपये के नोट स्वीकार  किए जाएं ये पीएम मोदी का आदेश है.

4. अस्पतालों में भी आपके 500-1000 रुपये के नोट स्वीकार किए जाएंगे तो 11 नवंबर तक अगर आपका कोई मेडिकल काम अटका हुआ है तो उसे इस वक्त करा दिया जाएगा.

5. हवाई अड्डों और रेलवे स्टेशन पर 500-1000 रुपये के नोटों के जरिए बुकिंग की जाएगी तो अगर आपको भविष्य के लिए कोई बुकिंग करानी है तो आप अभी करा सकते हैं.

हालांकि आपके लिए एक अच्छी खबर है कि अभी भी आपको कोई दिक्कत है तो पीएम मोदी ने 2 हेल्पलाइन नंबरों का ऐलान किया है जिसपर फोन करके आप कोई भी सवाल कर सकते हैं और अपने सारी शंकाओं का समाधानपा सकते हैं. ये नंबर हैं दिल्ली हेल्पलाइन नंबर 011-23093230 मुंबई हेल्पलाइन नंबर 022- 22602201

वैसे एक अच्छी बात ये है कि आम जनता को कल आए फैसले से रोजमर्रा की जिंदगी में शुरुआती दिक्कतें हो रही है लेकिन काले धन के खिलाफ सरकार के इस कदम के साथ जनता साथ है.

Check Us Loud

November 05, 2016

कार्तिक २०, २०७३- भारतको धार्मिक सहरमध्येको एक हो, हरिद्वार । यहाँ १५० एकडमा स्थापना गरिएको पतञ्जलीको ‘म्यानुफ्याक्चरी कम्प्लेक्स’ बाट दैनिक तीन सय ट्रक उत्पादनहरू बाहिरिन्छन् । त्यसमा जुस र हर्बल क्यान्डी, टुथपेस्ट र साबुन, पिठो र मसाला मात्रै होइन, विभिन्न हर्बल औधषिहरूले भरिएका कार्टुनहरूसमेत हुन्छन् । भारतमा दैनिक उपभोग्य वस्तुहरूको ६० प्रतिशत आपूर्ति पतञ्जली आर्युवेद कम्पनीका उत्पादनबाटै हुने गरेको छ । कम्पनीले मार्च २०१६ सम्मको चार वर्षयता झन्डै १० गुणा राजस्व वृद्धि भएर ७ सय ५८ मिलियन अमेरिकी डलर पुर्‍याइसकेको छ । कम्पनीको बर्सेनि राजस्व बढेसँगै भारतको अर्बपतिहरूको सूचीमा यसका सीईओ आचार्य बालकृष्णको नयाँ नाम पनि जोडिन पुगेको छ । अमेरिकी अखबार फोब्र्सका अनुसार २ दशमलव ५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको कम्पनीमा बालकृष्णको ९८ दशमलव ५ प्रतिशत हिस्सा छ । कारखाना नजिकै २ सय शय्याको आर्युवेद अस्पतालको एउटा करिडोरमा बालकृष्णको कार्यालय छ । हजारौं प्रकारका बिरुवाहरूको नर्सरी पतञ्जली परिसरको १० एकड जग्गामा लगाइएको छ । त्यहाँ  उनी आर्युवेद औषधिबारे अध्ययन र

धोती-कुर्तावाल यी सीईओ साइकल चढ्थे

अनुसन्धान गर्ने गर्छन् ।

योगगुरु बाबा रामदेवका विश्वासपात्र रहेका आचार्य बालकृष्ण थोरै रकमबाटै आर्युवेदिक औषधिको कारोबार थालेका थिए । उनका आमाबुबा नेपाली हुन् । हरिद्वारस्थित आश्रममा उनका बुबा गार्ड थिए, त्यहीँ बालकृष्णको जन्म भयो । पछि उनको परिवार नेपाल फर्केर आफ्नो पुख्र्यौली कृषि पेसामा संलग्न भयो । ११ वर्ष उमेरमा बालकृष्ण भने भारत फर्केर विभिन्न गुरुकुलहरूमा भर्ना भए । त्यही मध्येको एक हो हरियाणास्थित गुरुकुल । सन् १९८८ मा उनको भेट योगगुरुका नामले परिचित बाबा रामदेवसँग त्यहीँको गुरुकुलमा भएको थियो । पछि उनीसँगै मिलेर बालकृष्णले पतञ्जलीको स्थापना गरे । बालकृष्णको जन्म २५ जुलाई १९७२ मा भारतमै भएको उनको बुबा जयवल्लभ सुवेदी बताउँछन् । उनको पैतृक घर पश्चिम नेपालको स्याङ्जा जिल्लास्थित भरुवा गाउँ हो । जयवल्लभका अनुसार बालकृष्ण तीन महिनाको छँदै उनीसहित आफूहरू नेपाल फर्केको बताउँछन् । पछि ११ वर्षमा छ कक्षामा बढिरहेकै बेला बालकृष्ण फेरि भारततिरै गएको जयवल्लभलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यसयता बालकृष्ण भारतमै रहेका छन् । 

बालकृष्णले आफ्नो औपचारिक शिक्षा सकेपछि आर्युवेदका लागि महत्त्वपूर्ण मानिएको बोटबिरुवा र त्यसको औषधीय मूल्यबारे अध्ययन गर्न भारत भ्रमणमा निस्के । सन् १९९३ मा उनी र उमेरमा केही जेठा रामदेव हिन्दुहरूको धार्मिक सहर गंगोत्रीमा सँगै बसेका थिए । त्यहाँ बालकृष्णले जडीबुटीसम्बन्धी आफ्नो ज्ञान उपयोग गर्ने अवसर पाए । सामान्य रोगहरूको उपचार गर्ने औषधिमूलोका लागि आगन्तुकहरूबाट अनुरोधहरू बढ्दै गयो । यो नै उनको आर्युवेदिक औषधि र उपचारका लागि च्यारेटिबल उत्पादनहरूको सुरुआत गर्ने आधार बन्न पुग्यो । यो काम उनले हरिद्वारको कनखलस्थित एउटा कुटीबाट थालेका थिए । 

उनी सुरुसुरुमा दिनभरि साइकल चलाउने गर्थे । कपडाको नाममा शरीर ढाक्ने धोती–कुर्ता मात्र थियो, उनीसँग । कसैले पनि सोचेका थिएनन्, उनको नाममा हुने सम्पत्तिको औंलामा होइन, क्यालकुलेटरबाटै हिसाब गरिनेछ । पाँच वर्षअघि एक साक्षात्कारमा बालकृष्णले भनेका थिए, ‘मसँग कुनै बैंक एकाउन्ट छैन ।’ 

भारतीय अखबार दैनिक भास्करका अनुसार दुई दशकसम्म बालकृष्ण साइकल चलाउँथे । तर, आज उनी रेन्जरोभर एसयूभीमा यात्रा गर्छन् । पतञ्जली परिसरबाट कहीँ जानआउनका लागि उनी यसको प्रयोग गर्छन् । बाबा रामदेवले यो महँगो कार सुरक्षाको दृष्टिले खरिद गरेको बताउँदै आएका छन् । आचार्य बालकृष्ण आज कारमा मात्रै चढ्दैनन् आइफोनसमेत बोक्छन् । कार्यालयमा भने उनी कम्प्युटरको प्रयोग गर्दैनन् ।

सन् १९९५ मा उत्तराखण्डस्थित हरिद्वारामा दिव्य फार्मेसीले आयुर्वेदिक उत्पादन सुरु गरेको थियो । ऋण लिएर सुरु गरिएको यो कम्पनीको हाल विश्वभर अर्बौंको व्यापार छ । हुन त यो कम्पनीको ‘ब्रान्ड फेस’ बाबा रामदेव भए पनि कम्पनीमा उनको नाममा कुनै पनि हिस्सेदारी छैन । सबै बालकृष्णकै नाममा छ । बाबा रामदेवले बालकृष्णका बारेमा एक टेलिभिजनमा भनेका छन्, ‘हामी बिजनेस पार्टनर होइनौं, स्प्रिच्युअल फ्रेन्ड हौं ।’

यस्तै धारणा आचार्य बालकृष्णको पनि छ । ‘तपाईले आज जुन कुरा हामीमा हेरिरहनुभएको छ, त्यो पहिलेदेखि यस्तै थिएन,’ ४४ वर्षीय बालकृष्ण भन्छन्, ‘दर्शनशास्त्रमा पनि तपाईले देख्ने सबैकुरो सत्य नै हुनुपर्छ भन्ने छैन, यसमा केही घटी वा बढी हुन सक्छ ।’ उनले हामी धनाढ्य हुन्छौं भनेर कहिले नसोचेको बताउँछन् । ‘हामी जब विद्यार्थी थियौं, हामीले कहिले सोचेका थिएनौं कि ठूला व्यापारी बन्ने र धेरै पैसा कमाउने । यो कुरो कदापि दिमागमा थिएन,’ हरेक कोठामा रामदेवको ठूला आकारको तस्बिर झुन्ड्याउने बालकृष्ण भन्छन्, ‘हाम्रो पारिवारिक पृष्ठभूमि पनि धेरै राम्रो थिएन, हाम्रा परिवार धनाढ्य हुन्थे भने हामी गुरुकुलमा भर्ना हुन्थ्यौं । सबैलाई थाहै छ कि मानिस गुरुकुल किन जान्छन्, संस्कृत पढ्न । धनी बन्न त्यहाँ कोही पनि जाँदैन । हामीचाहिँ हाम्रा प्राचीन ग्रन्थ र दर्शनहरूको विज्ञ बन्ने सोचमा गुरुकुल गएका थियौं ।’ 

एक जना आर्युवेद प्रयाक्टिसनर बालकृष्णको न्वारानको नाम नारायणप्रसाद सुवेदी हो । उनको भारतीय नागरिकताबारे विवाद छ । हरेक कार्यक्रममा बाबा रामदेवसँग देखिने बालकृष्ण कम्पनीको विस्तारसँगै उनको सार्वजनिक सक्रियता तुलनात्मक रूपमा कम भएको देखिन्छ । उनी हरिद्वारस्थित पतञ्जली परिसरमै बिताउँछन् र पूरै कारोबारको रेखदेख पनि गर्छन् । उनी भारतको अर्बपतिको सूचीमा परे पनि सादा जीवन उच्च विचारलाई नै अवलम्बन गर्दै आएका छन् । आज पनि उनी चप्पल, कुर्ता र लुंगीमै देखिन्छन्, परिसरमा औषधिजन्य वनस्पतिहरूबारे विभिन्न टेलिभिजनमा जानकारी पनि दिन्छन् । उनमा कुनै फरकपन देखिन्छ भने त्यो हो पहिले बालकृष्णले गेरुवा वस्त्र लगाउँथे, हिजोआज बढीभन्दा बढी सेतो कपडामा देखिन्छन् । उनी वरपर बाउन्सरहरूको घेरामा रहने गर्छन् । बाबा रामदेवसँग दुई हजार भारुको फोन भए पनि बालकृष्णसँग महँगो आइफोन रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

बाबा रामदेवका सहयोगीसमेत रहेका बालकृष्णलाई हालै फोब्र्सले सय जना सर्वाधिक धनाढ्य भारतीयको सूचीमा उनको नाम पनि समावेश गरेको छ । उनी कम्पनीका सीईओ हुन् । तर, तलब बुझ्दैनन् । पहिले पनि उनले कम्पनीबाट तलब बुझ्दैनथे । चिनियाँ बिजनेस अखबार हुरुनले हालै जारी गरेको भारतीय धनाढ्य उद्योगपतिहरूको सूचीमा २५ हजार करोड भारतीय रुपैयाँसहित बालकृष्ण २५ औं नम्बरमा छन् ।
 
सन् २०१६ मा भारतका सर्वाधिक धनाढ्य फोब्र्सको सूचीमा उनी ४८ औं स्थानमा छन् । आफैंले उत्पादन गरेको उपभोग्य सामनहरू नै उनको कुल सम्पत्ति २ दशमलव ५ अर्ब अमेरिकी डलर पुर्‍याएको छ । पतञ्जली आयुर्वेद कम्पनी विश्वको धनी कम्पनीमा पर्नु ठूलो कुरो भएको बालकृष्णले सञ्चारमाध्यमहरूलाई बताएका छन् । उनले भने, ‘यो एउटा अनलिस्टेट कम्पनी हो, उपभोक्ताहरूको अपार माया र स्नेहले यो एक नम्बर कम्पनी बन्नेछ ।’ रजिस्ट्रार अफ कम्पनिजका अनुसार पतञ्जली आयुर्वेदको सन् २०१३/१४ मा कुल नाफा ९५ दशमलव १९ करोड भारतीय रुपैयाँ थियो । सन् २०१४/१५ मा यो १९६ दशमलव ३१ करोड भारतीय पुग्यो । एक वर्षभित्रै १०८ प्रतिशतभन्दा बढीले बृद्धि भयो । कम्पनीको प्रगतिबारे एक साक्षात्कारमा बालकृष्णले भनेका थिए, ‘हामीले ऋण लिएर काम सुरु गरेका हौं, आज हरेक दिन १५ घण्टा काम गर्छौं, एक दिन पनि छुट्टी लिँदैनौं । त्यसैको परिणाम हो आज यो अवस्थामा हामी पुगेका छौं । ’एक जना एनआरआई दम्पती सुनीता र श्रवण पोदार र गोविन्द अग्रवालले काम थाल्न रकम दिएको बताइएको छ । त्यही रकमबाटै पतञ्जली कम्पनी आजको स्थितिमा आएको हो । 
-एजेन्सीहरू

धोती-कुर्तावाल यी
Check Us Loud
Who's Behind The Blog
Recommended Reading
Search By Tags
           Follow Us
bottom of page